दिपावली, तिहार तथा छठ पर्वको सार्वजनीक बिदा सम्बन्धी सुचना ।

सम्पूर्ण शेयर सदस्यज्यूहरू, ऋणी सदस्यज्यूहरू तथा सेवाग्राहीहरुमा जानकारी गराइन्छ कि सार्वजनिक बिदाका कारण यस सहकारी संस्थाको मुख्य कर्यालय तथा सेवा केन्द्रको सञ्चालन तालिका निम्नानुसार रहने व्यहोरा अनुरोध छ।
कार्तिक २१ गतेदेखि २६ गतेसम्म: सार्वजनिक बिदा रहने।
कार्तिक २७ गते: १ दिन कार्यालय खुला रहने।
कार्तिक २८ गतेदेखि ३० गतेसम्म: पुनः सार्वजनिक बिदा रहने।

मंसिर १ गतेदेखि: कार्यालय तथा सेवा केन्द्रका सम्पूर्ण सेवाहरू लगातार नियमित रूपमा सञ्चालन हुने।
विशेष अनुरोध: सम्पूर्ण ऋणी सदस्यज्यूहरूले आफ्नो ऋणको किस्ता तथा ब्याज तोकिएको समयमै बुझाई संस्थाको आर्थिक अनुशासन कायम राख्न सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ। साथै, बिदाको अवधिलाई समेत मध्यनजर गरी किस्ता तथा ब्याज भुक्तानी समयमै व्यवस्थापन गरिदिनुहुन अनुरोध छ।
यसबाट पर्न जाने असुविधाप्रति संस्था क्षमाप्रार्थी छ।
अाज्ञाले
साना किसान कृषि सहकारी संस्था लि. मनहर्वा
जीतपुरसिमरा-१८, बारा