Introduction​

          ग्रामीण गरिबी न्युनीकरण गर्ने उद्देश्यका साथ २०६० सालमा यो सहकारीको स्थापना भएको हो । यो सहकारी संस्था कृषि बिकाश बैंकले २०३२ सालबाट साना किसान विकाश आयोजनाको रुपमा सुरु गरेको कार्यक्रमको हिस्सा हो । यस संस्थाको कार्यक्षेत्र मधेश प्रदेशको बारा जिल्ला साविक मनहर्वा गा.वि.स हाल जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १७, १८ र कलैया उपमहानगरपालिकाको वडा नंं. २४, साविक उत्तरझिटकैया हाल कलैया उपमहानगरपालिकाको वडा नं. १५ र १६ साविक गा.बि.स.महेशपुर हाल कलैया उपमहानगरपालिकाको वडा नं. २६ र २७ र साविक कलैया नगरपालिकाको २ र ४ हाल कलैया उपमहानगरपालिकाको १,२,३,४ र ५ मा मात्र सिमित छ । यस सहकारीले आफनो क्षेत्रमा रहेको स–साना पूँजीको स्रोत पहिचान गरी त्यसको भरपुुर उपयोग गर्दै आएको छ । आर्थिक रुपमा समाजलाई सम्पन्न बनाउनु, समाजिक, सांकृतिक बिकाशमा सामुदायलाई परिचालन गर्दै कृषि क्षेत्रमा आवद्ध साना किसानहरुको ब्यवसायिक क्षमताको बिकाश गर्नु सहकारीको प्रमुख उद्देश्य हो । साना किसान कार्यक्रमको माध्यमबाट आवद्ध सदस्य परिवारको आर्थिक विकाशमा संस्थाको ध्यान केन्द्रित गरी प्रभावकारी भुमिका निर्वाह गर्दै आईरहेका छौ ।